• भैरहवा, ७ मंसिर

    रुपन्देही क्षेत्र नम्बर ४ बाट प्रदेश सभा सदस्य २ मा कांग्रेसका वसिउद्दीन खाँ विजयी भएका छन् । १२ जना उम्मेदवार रहेका सो क्षेत्रमा ११ जनालाई पछि पार्दै खाँ विजयी बनेका हुन ।

    उनले सबै भन्दाबढी ११ हजार ३ सय ५ मतका साथ खा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी लोसपाका मोहनलाल यादवले ८ हजार २ सय ६५ मत, जनमत पार्टीका अर्जुन जैसवालले ७ हजार ६ सय ६१ मत ल्याए । खाँ ३ हजार ४०४ मतान्तरले विजयी भएको निर्वाचन क्षेत्र नम्बर ४ का निर्वाचन अधिकृत देवेन्द्र आचार्यले जानकारी दिए ।

    निर्वाचन क्षेत्र नम्बर ४ को ‘२’ मा ५७ हजार २ सय ७० मतदाता रहेकोमा ४० हजार ९ सय ६३ मत खसेको थियो । 
     

सम्वन्धित समाचार

काठमाडौ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे बस्नेगरी बोलाइएको एमाले केन्द्रीय का…

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…