• महोत्तरीका सवै क्षेत्रमा क्रस मतको विषयमा विवाद हुँदा अझै मतगणना हुन सकेको छैन ।क्रस मतको विषयमा केहीले बदर हुनुपर्ने र केहीले सदर हुनुपर्ने माग राख्दै विवाद सिर्जना भएपछि मतगणना स्थगित भएको हो ।

    भुलवस क्रस भएका मतलाई सदर गर्दै मताधिकारलाई सम्मान गर्नुपर्ने एकथरीको माग छ भने एकथरीले यस्लाई बदर नै गर्नुपर्ने अडान लिएका छन् ।अडान लिनेहरूमा नेकपा एस, जसपा, एमालेलगायतका दल छन् भने मताधिकारको सदुपयोग हुनुपर्छ भन्ने विषयमा अडान लिनेमा सत्तारुढ दल रहेका छन् ।

    'कर्मचारीहरूको त्रुटीले मतदान गरेका मतदाताहरू अन्यायमा पर्नु हुँदैन भन्ने हाम्रो माग हो,' माओवादी केन्द्रका पोलिटब्युरो सदस्य प्रकाश पोखरेलले भने ।विशेषगरि क्रस मतको विषयमा क्षेत्र नम्बर १ मा विवाद सिर्जना भएको छ । १ बजेबाट मतगणना सुरु गर्ने भनिए पनि विवादका कारण अहिलेसम्म मत गणना हुन नसकेको हो ।

    निर्वाचन अधिकृत गुणराज श्रेष्ठले सर्वदलीय सहमति जुटे आफू मतगणना गर्न तयार रहेको बताएका छन् ।

सम्वन्धित समाचार

काठमाडौ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे बस्नेगरी बोलाइएको एमाले केन्द्रीय का…

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…