• बुटवल, ५ मंसिर

    रुपन्देही क्षेत्र नम्बर २ मा प्रतिनिधि सभातर्फ भर्खरै मतगणना सुरु भएको छ । बिहान ११ बजेदेखि मतगणना गर्ने भनिए पनि सर्वदलीय बैठक लम्बिएकाले केही ढिला सुरु भएको हो ।

    निर्वाचन अधिकृतको कार्यालय रहेको बुटवल उपमहानगरपालिकाको पुरानो भवनमा मतगणना सुरु भएको निर्वाचन अधिकृत उदवीर नेपालीले जानकारी दिए । सुरुमा सरस्वती मावि बुटवल–१ र न्युलाइट मावि तिलोत्तमाको पाँच वटा मतपेटिका खोलिएको छ । 

    रुपन्देही क्षेत्र नम्बर २ मा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र सत्ता गठबन्धनको समर्थनमा जनमु्क्ति पार्टीका केशवबहादुर थापा (सूर्यवंशी) उम्मेदवार छन् ।


     

सम्वन्धित समाचार

काठमाडौ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे बस्नेगरी बोलाइएको एमाले केन्द्रीय का…

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…