• भैरहवा, २८ कात्तिक

    रुपन्देही १ (ख) उम्मेदवार असलम खानले राजनीतिक दलबाट खासै विकास नभएकाले आफूले स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन् । भैरहवामा सञ्चारकर्मीहरूसँगको छलफलमा उनले १५ वर्षदेखि राजनीतिमा लागे पनि पछिल्लो ६ महिनादेखि कुनै पार्टीमा नरही स्वतन्त्र रूपमा रहेको र अब कुनै पार्टीमा नरहने बताए ।

    ठूल्ठूला पार्टीका उम्मेदवारले जितेर गए पनि कुनै विकास नभएकाे र जनताकाे जीवनस्रर माथि नउठेकाले आफू स्वतन्त्र उम्मेदवार बनेकाे उनकाे भनाइ थियाे । ‘जनताले निर्वाचित गरेर पठाए पनि विकास देखिने गरी नभएपछि स्वतन्त्र रुपमा उम्मेदवारी दिएर निर्वाचनमा होमिएको छु । घरदैलोमा पनि जनता पक्षमा देखिएका छन् , सकारात्मक छन् । नतिजा पक्षमै आउने लाग्छ,’ असलमले भने ।

    जसपाको युवा संगठन समाजवादी युवा संघको केन्द्रीय उपाध्यक्ष भइसकेका उनले भ्रष्टाचारलाई नियन्त्रण गर्न र समाजको उत्थानकै लागि लागिपर्ने बताए । ‘दलहरूले व्यक्तिगत स्वार्थका लागि तालमेल र गठबन्धन गरेर जनतालाई फेरि भ्रमित पार्ने काम दोहोर्‍याइरहेका छन्, अहिले जनता जागरुक भएकाले मतदाताहरूले विश्वास गरेर मत दिइनु नै मेरो जित्ने आधार हो,’ उनले भने ।

     

सम्वन्धित समाचार

काठमाडौ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे बस्नेगरी बोलाइएको एमाले केन्द्रीय का…

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…