• काठमाडौं, १९ कात्तिक 

    काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार दिएका कांग्रेस युवा नेता प्रदीप पौडेलले आफ्नो चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् ।  सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका पौडेलले शुक्रबार बूढानिलकण्ठ मन्दिरको पनि दर्शन गर्दै बुढानिलकण्ठ  क्षेत्रमा घरदैलो कार्यक्रम गरेका छन् । 

    सोे अवसरमा नेता पौडेलले ऐतिहासिक र धार्मिक महत्वको बूढानिलकण्ठ मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि आफूले पहल गर्ने बताए । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग प्रतिस्पर्धामा रहेका पौडेलले घरदैलो कार्यक्रमका क्रममा जनतालाई  संसदमा आफूले जनताको आवाज निर्भीक भएर राख्ने प्रतिबद्धता व्यक्त गरे । 

    निर्वाचन क्षेत्र काठमाडौं ५ को समग्र विकासको आफ्नो खाकाबारे बताउँदै उनले सो क्षेत्रले समग्र देशको प्रतिनिधित्व गर्ने  बताए।  २०७४ सालमा तनहुँमा माओवादी केन्द्रकी आशा कोइरालासँग प्रदेशसभा सदस्यमा जम्मा ५ मतले पराजित प्रदीप युवा नेताको परिचय बनाउँदै फेरि ५ वर्षपछि काठमाडौँ–५ बाट एमालेका पोखरेलसँग चुनावी भिडन्तमा छन् ।

सम्वन्धित समाचार

काठमाडौ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे बस्नेगरी बोलाइएको एमाले केन्द्रीय का…

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…