• लमजुङ १४ कात्तिक 
    नेपाली कांग्रेस (बीपी)बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार डा लक्ष्मीकान्त पौडेलले लोकतान्त्रिक बाम गठबन्धनलाई समर्थन गरेको घोषणा गरेका छन् ।

    पौडेलले आइतबार बेंसीशहरमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्दै गठबन्धनका उम्मेदवार देवप्रसाद गुरुङलाई समर्थन गरेको जानकारी गराए । 

    गठबन्धनका शिर्ष नेताहरुसँग छलफल गरी प्रतिगमनकारी शक्तिलाई परास्त गरी लोकतान्त्रिक मूल्य र मान्यताको माध्यमबाट संविधानको रक्षा गरी अगाडि बढ्ने प्रतिवद्धता गरेको बताए  । आफूले दिएको उम्मेदवारी फिर्ता लिई लमजुङको लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारलाई सघाउने निर्णय गरेको बताए । यद्यपि, निर्वाचन आयोगले तोकेको समयभित्र उम्मेदवार फिर्ता नभएकाले उनको उम्मेदवारी कायमै रहनेछ । 

    पौडेलले नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीले १ सय ६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिन सक्नुपर्दछ, आवश्यक परेमा निर्वाचनपछि मात्र गठबन्धन गर्नुपर्दछ, र द्धन्द्धकालमा भएका सबै खालको घटनाको निष्पक्ष तवरबाट छानविन गर्दै कारबाही होस् भन्ने विषय लिएर उम्मेदवारी दिएपनि र यि विषयमा शिर्ष नेताहरुसंग छलफलपछि फिर्ता लिएको बताए । 

     लमजुङको विकासका लागि गठबन्धन उचित रहेका ठहर भएकाले राष्ट्रियता, लोकतन्त्रको रक्षाका लागि लागेको बताए  । लोकतन्त्रलाई प्रतिगामी शक्तिले समाप्त गर्ने होकी भन्ने कुरा आफ्नो अन्तरआत्माबाट आएकाले गठबन्धनलाई सघाएको उल्लेख गरे ।  सोही क्रममा उनले नेपाली कांग्रेस (बीपी) पार्टीको केन्द्रीय सदस्यबाट पनि राजिनामा दिएको जानकारी गराउँदै नेपाली कांग्रेसमै रहने बताए । 

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…