•  बारा, २० भदौ

    आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि बारा जिल्लाका ४ वटै निर्वाचन क्षेत्रबाट नेकपा एमालेले उम्मेदवारको नाम सिफारिस गरेको छ । 

    जिल्लाका ४ वटै निर्वाचन क्षेत्रमा आइतबार बसेको क्षेत्रीय कमिटी बैठकले उम्मेदवारहरुको नाम सिफारिस गरेको हो ।  

    बैठकले क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यको लागि प्रत्यक्षतर्फको निर्वाचनमा अच्युत मैनाली, पुरुषोत्तम पौडेल र मन्जुदेबी साहको नाम सिफारिस गर्ने निर्णय गरेको छ । 

    प्रतिनिधि सभा सदस्यमा सिफारिस भएका मैनाली र पौडेल नेकपा एमाले पोलिटब्युरो सदस्य र मन्जुदेवी साह जिल्ला कमिटीको सदस्य छन् । बैठकले समानुपातिकतर्फ अन्जु नेपाली, दुर्गादेवी घिमिरे, बद्री भट्टराई र पलटप्रसाद चौधरीको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।  

    नेकपा एमाले जिल्ला सचिवालय कमिटी सदस्य एंव क्षेत्रीय कमिटीका संयोजक भरत भण्डारीले बैठकको निर्णय सार्वजनिक गरेका हुन् । 

    बैठकमा एमाले नेता पौडेल र मैनालीले आगामी निर्वाचनको लागि पार्टीले जसलाई टिकट दिए पनि सबै मिलेर जिताउनुपर्ने बताए । 

    त्यसैगरी एमालेले क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य प्रत्यक्ष निर्वाचनतर्फ बलवीर चौधरीको एकल नाम सिफारिस भएको छ ।

    चौधरी नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एवं बारा जिल्ला इन्चार्ज हुन् । बैठकले रामनाथ बैठा, राजदेव यादव, अमरदेव यादव, सहनाज नेसा, बन्दना सिंह र अरबिन्दप्रसाद यादवलाई समानुपातिकतर्फको उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको छ । 

    त्यस्तै क्षेत्र नम्बर ३ बाट ज्वाला साह, अध्यानन्द पाण्डे र एम समिउल्लाको नाम सिफारिस भएको छ । सिफारिसमा परेकी साह एमाले पोलिटब्युरो सदस्य र पाण्डे जिल्ला कमिटी उपाध्यक्ष रहेका छन् । क्षेत्र नम्बर ४ बाट देवनारायण चौधरीको एकल नाम सिफारिस भएको छ ।  चौधरी एमाले बारा जिल्ला पूर्वअध्यक्ष हुन् । 

    यसअघि शनिबार भएको बैठकले जिल्लाका ८ वटै प्रदेश सभा सदस्य निर्वाचन क्षेत्रबाट पनि उम्मेदवारहरुको नाम सिफारिस गरिसकेको छ । एमालेले सोमबार क्षेत्रीय कमिटीबाट सिफारिस भएर आएका उम्मेदवारको नाममा थप छलफल गरी प्रशेद समितिमा पठाउने जनाएको छ । 

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…