• बारा, १९ भदौ

    बारा क्षेत्र नम्बर ४ (क) बाट प्रदेश सभा निर्वाचनका लागि नेकपा एमालेबाट मनोज पौडेल (चन्द्रलाल) सहित आठ जनाको नाम सिफारिस भएको छ । सिमरास्थित जिफन्ट कार्यालयमा शनिबार सम्पन्न भेलाले पौडेलसहित अमृतलाल श्रेष्ठ,कासिम हुसेन, देवी सापकोटा, रवीन्द्र खकुरेल, अनिलकुमार साह, जयकिशोर राउत र भरत घलेको नाम सिफारिस गरेको हो ।

    भेलामा सहभागी अधिकांश प्रतिनिधिले पौडेलको नाम सिफारिस गर्न सहमति दिएका थिए । पौडेलको नाममा अधिकांशले समर्थन जनाए पनि अन्य इच्छुक आकांक्षीको नाम समेत समेटेर सिफारिस गरिएको हो । 

    जिल्ला कमिटीमा सिफारिस गरिएका मध्ये एमाले जिल्ला सचिवालय पौडेललाई ञहेभिवेटझ उम्मेदवारको रूपमा हेरिएको छ । यसअघि पौडेलले स्थानीय तह निर्वाचनमा जीतपुरसिमरा उपमहानगरपालिकाको मेयर पदमा दाबी प्रस्तुत गरेका थिए ।

    मेयर पदमा टिकट नपाए पनि उपमहानगरपालिकाको निर्वाचन परिचालन कमिटीको संयोजक भएर सक्रियता देखाएका कारण पौडेललाई पछिल्लो समय प्रदेश सभा सदस्यको उम्मेदवारको रूपमा चर्चा गर्न थालिएको थियो ।

    यसैगरी भेलाले समानुपातिकतर्फ दिनेश्वर ठाकुर, कमला घिमिरे, सुभद्रा न्यौपाने, भावना आचार्य, रमेश चौधरी, गीतादेवी घले, कमलेश झा, ममता देवी पाल, आनन्द थामी, मन्जु थापामगरको नाम सिफारिस गरिएको छ । एमाले जिल्ला कमिटी उपसचिव अमृत शर्मा बजगाईँको अध्यक्षतामा भेला सम्पन्न भएको हो ।

    यसैगरी बारा क्षेत्र नं. ३(क) बाट प्रत्यक्षतर्फ चार जनाको नाम सिफारिस गरिएको छ । डुमरवाना सम्पन्न भेलाले राधेश्याम सिवाकोटी, रविनदास श्रेष्ठ, अशोक लामा, रेवन खातुनको नाम सिफारिस गरिएको हो । भेला जिल्ला उपसचिव भुलन चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    यसैगरी पर्सौनामा सम्पन्न भेलाले बारा क्षेत्र नम्बर १ (क) बाट एकबहादुर श्रेष्ठ, अम्बिका चौलगाईं, त्रिलोकी चौधरी, रामकृष्ण घिमिरे, केवल चौधरी, ढुण्डिराज उप्रेती, शिवनारायण चौधरी र जनार्दन चौधरीको नाम प्रत्यक्षतर्फ सिफारिस गरेको छ ।

    यस्तै समानुपातिकतर्फ लिलादेवी लामिछाने खनाल, दिलबहादुर लामा, ज्ञानु केसी, पलट चौधरी, गोविन्द पौडेल, शर्मिला केसी, जनक चौधरी र सरिता सापकोटाको नाम सिफारिस गर्ने निर्णय गरिएको छ ।

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…