• कपिलवस्तु,  असार 

    लुम्बिनी प्रदेशका मुख्य मन्त्री कुल प्रसाद केसीले कोदालोले खनेको खड्डाबाट बिरुवा नहुर्किने बताएका छन् । कपिलवस्तुको बाणगंगा नगरपालिका-८ मधुवनधामको आठौँ चुरे दिवसको अवसर वनका कर्मचारीलाई इङ्गित गदै सो कुरा बताएका हुन् ।  

    'अहिले कोदालोले खनेको खड्डाबाट बिरुवा हुर्कन्न । यो कुरा जसले पनि बुझेको हो,' बनेका कर्मचारी कोही हुनुहुन्छ की नाइँ भन्दै यता उता खोज्दै भने, 'वन सम्बन्धी आजको पढाई त्यही होला नि ! कोदालोले खनेर वृक्षारोपण गरेर आज सम्म हुर्केको कहीँ देख्नु भा छ । ३० वर्ष भई सक्यो वृक्ष रोपण गरेको ४० वर्ष भइसक्यो ।'

    उनले प्रदेशका नदीको किनारालाई ब्याम्वो जोन बनाउने समेत बताए । प्रदेश भरीका समपूर्ण नदीनालाको दायाँ-बायाँ किनारमा बास रोपेर ब्याम्वो जोन बनाउने र ५ देखि १० वर्षभित्र स्थानीय निकायले बाँस निर्यात गर्ने उनले दाबी गरे ।  

    मुख्यमन्त्री केसीले बाँसको बीचमा अम्रिसो लगाउन समेत आग्रह गरेका छन् । यसरी वृक्षारोपण गर्दा तटबन्धको काम गर्ने र रोजगारी समेत सिर्जना हुने बताए । यो प्रदेश सरकारको योजना समेत रहेको स्पष्ट पारे । सो अवसरमा उनले वृक्षारोपण समेत गरेका थिए । 

    कार्यक्रममा बोल्दै राष्ट्रपति चुरे– तराई मधेस संरक्षण विकास समितिका सदस्य डा. सुस्मिता ढकालले वृक्षारोपण पछि बिरुवा हुर्काउनको लागि समुदाय र स्थानीय सरकारले अपनत्व लिनु पर्ने बताइन् । चुरे क्षेत्रको संरक्षणको लागि सरकार र विभिन्न निकायले करोडौँको लगानी गरे पनि अपनत्व नहुँदा बिरुवा कम हुर्किएको उनले दाबी गरेकी थिइन् । कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले अत्यधिक चुरे दोहनले वातावरणमा असर गरेको बताएका थिए । सो अवसरमा ८ हजार बिरुवा वृक्षारोपण गरिएको थियो । सिसौ, खयर, बडहर, बकाइनो, इपिलिपी लगायतका बिरुवा लगाइएको थियो ।

सम्वन्धित समाचार

काठमाडौ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे बस्नेगरी बोलाइएको एमाले केन्द्रीय का…

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…