• सुर्खेत,  २८ जेठ

    जिल्ला समन्वय समिति सुर्खेतमा एमाले र माओवादी केन्द्र गठबन्धन विजयी भएका छन् । जिल्ला समन्वय समितिको प्रमुखमा एमालेका गंगाराम सुनार र उपप्रमुखमा माओवादीका सचिनकुमार बडुवाल विजयी भएका हुन् । 

    शुक्रबार भएको निर्वाचनमा १० मतसहित एमाले र माओवादी गठबन्धन प्यानल विजयी भएको छ । 
    गठबन्धनका उम्मेदवारले १० मत पाउँदा कांग्रेसका उम्मेदवारले आठ मत पाएको मुख्य निर्वाचन अधिकृत डा. राजेन्द्रकुमार आचार्यले बताए । 

    महिला सदस्यमा चन्द्रा धामी (एमाले), शान्ति ताराम (माओवादी) र मीना मल्ल (एमाले) तथा अन्य सदस्यमा तुलबहादुर नेपाली (माओवादी), डिल्ली पाण्डे (एमाले) र पृथ्वीबहादुर बुढा (एमाले) तथा अल्पसंख्यकमा सावित्रा टमटा(एमाले) विजयी भएका छन् । 

सम्वन्धित समाचार

काठमाडौ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे बस्नेगरी बोलाइएको एमाले केन्द्रीय का…

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…