• इलाम, ३ जेठ

    इलामको चुलाचुली गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका राजेन्द्र केरुङ निर्वाचित भएका छन् । केरुङले नेकपा एमालेका उम्मेदवार ओम नारायण खनाललाई भारी मतान्तरले पराजित गरेका हुन् ।

    केरुङले ६ हजार ६५० मत पाउँदा खनालले ३ हजार ७५५ मात्रै मत पाएका छन् । यसअघि चुचालुली गाउँपालिकामा एमालेको नेतृत्व थियो ।

    उनै केरुङलाई हराउँदै एमालेका प्रदिपचन्द्र राई गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । गाउँपालिका उपाध्यक्षमा भने नेकपा एमालेकी दिलकुमारी लिम्बु निर्वाचित भएकी छिन् ।

    उनले गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका सुक बहादुर लावतीलाई पराजित गरेकी हुन् । लिम्बुले ४ हजार ४५० मत पाएकी छिन भने लावतीले ३ हजार ४४२ मत प्राप्त गरेका छन् ।

     

सम्वन्धित समाचार

काठमाडौ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे बस्नेगरी बोलाइएको एमाले केन्द्रीय का…

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…