• सर्लाही, ३ जेठ
    सर्लाहीको बलरा नगरपालिकाका माओवादी केन्द्र विजयी भएकाे छ । बलरा नगरपालिकाको मेयर र उपमेयरमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका हुन् । माओवादी केन्द्रबाट मेयर पदका उम्मेदवार रामाशंकर प्रसाद कुशवाह ४६४३ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार एवं निवर्तमान मेयर अभय कुमार सिहले ३६३१ मत प्राप्त गरे।

    कुशवाह पेशाले शिक्षक हुन् । उन्ले निर्वाचन भन्दा केही समय पहिला  उम्मेदवारी दिनकै लागि पदबाट राजिनामा दिएका थिए । उनी यस पहिला सम्म जिल्लाको गोडैता नगरपालिका स्थित बगदहमा रहेको श्री रामजानकी आधारभू विद्यालयका प्रधानाध्यापक थिए । 

    यस्तै उपमेयर पदमा पनि माओवादी केन्द्रकी उम्मेदवार कोशिला देवी विजयी भएकी छिन् । उन्ले ४३५१ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीकी उम्मेदवार रागनी देवीले ३७४० मत मात्र प्राप्त गरिन । यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा  साे पालिकामा लोकतान्त्रिक समाजवादीले जितेको थियाे । 

    यस्तै यस पालिकाको बहुसंख्यक वडामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । वडा नम्बर १, ३, ४, ५, ७ र ८ गरी ६ वटा वडामा नेपाली कांग्रेसले विजय हासिल गरेको छ  भने, वडानम्बर ९, १० र ११ गरी ३ वडामा माओवादी केन्द्र विजयी भएको छ  । यस्तै, २ नम्बर वडामा नेकपा एमाले र ६ नम्बर वडामा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार विजयी भएका छन् । 

सम्वन्धित समाचार

काठमाडौ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे बस्नेगरी बोलाइएको एमाले केन्द्रीय का…

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…