• उदयपुर, ३ जेठ     

                      उदयपुरको ताप्ली गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका ढुङ्गराज विश्वकर्मा निर्वाचित भएका छन् । सत्ता गठबन्धबाट उम्मेदवार बनेका विश्वकर्माले प्रतिस्पर्धी एमालेका बाबुराम राईलाई ३८ मतले हराउदै निर्वाचित भएका हुन् । विश्वकर्माले १ हजार ७ सय ८७ मत प्राप्त गर्दा राईले १ हजार ७ सय ४९ मत मात्र प्राप्त गरे ।
        यस्तै उपाध्यक्षमा एमालेका मानकुमारी थापालाई हराउदै कांग्रेसका धनमाया मगर निर्वाचित भएकी छिन् । धनमायाले २ हजार ५ सय ८६ मत ल्याएकी छिन् । त्यसैगरी वडा नम्बर १ मा एमालेका उद्धब हमाल, वडा नम्बर २ मा एमालेका छत्रबहादुर श्रेष्ठ, वडा नम्बर ३ मा कांग्रेसका रंगमान तामाङ, वडा नम्बर ४ मा कांग्रेसका उमेशकुमार मगर र वडा नम्बर ५ पालिका केन्द्र रुपाटारमा  माओवादी केन्द्रका बिष्णु श्रेष्ठ विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएकाे छ । ताप्ली गाउँपालिकामा कुल ९ सय ९ सय ३१ मतदाता मध्ये ५७ दशमल आठ प्रतिशत मत ५ हजार ६ सय ६८ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

सम्वन्धित समाचार

काठमाडौ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे बस्नेगरी बोलाइएको एमाले केन्द्रीय का…

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…