• स्थानीय तहको निर्वाचनका लागि मकवानपुरको कैलाश गाउँपालिकाको ७ नम्बर वडा अध्यक्षका लागि स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता चन्द्रलाल थिङ ‘क्षितिज’ ले कांग्रेसका आधिकारिक उम्मेदवार उदास लामा ब्लोनलाई सहयोग गर्ने भएका छन् । आइतबार उनले उम्मेदवारी फिर्ताको घोषणा गर्दै कांग्रेसका आधिकारिक उम्मेदवारलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

    कांग्रेसका नेताहरुसहित भएको छलफलमा थिङले आफ्नो उम्मेदवारी फिर्ता लिँदै आधिकारिक उम्मेदवारलाई सघाउन तयार भएका थिए । कांग्रेस निकटको खेलकुद संघ कैलाश गाउँपालिका संयोजक समेत रहेका युवा नेता थिङले टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएका थिए । ‘पार्टीमा असन्तष्टि हुनु स्वभाविक हो । हामी फेरि एकढिक्का भएका छौं । हामी बीच केही नराम्रो थिएन र छैन पनि । म जिम्मेवार पदमा रहेको व्यक्तिले पार्टीको आधिकारिक उम्मेदवारलाई जिताउन लाग्नु मेरो दायित्व हो’, उनले भने, ‘आजैबाट उदास लामा र उनको प्यानललाई जिताउन लागेँ ।

    आफ्नो वडामा कांग्रेसका आधिकारिक उम्मेदवारलाई कसैले हराउन नसक्ने उनको दावी थियो । वडा अध्यक्षका उम्मेदवार लामाले युवा नेता थिङकोे योजनालाई समेत समेट्दै अघि बढ्ने प्रतिबद्धता जनाए । ‘अन्तिममा आएर भएपनि वहाँले आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दै हामीलाई सहयोग र समर्थनको घोषणा गर्नुभएको छ । अब एक भएर चुनावी अभियानमा होमिनेछौं’, लामाले भने । ५ बर्षमा वडामा केही राम्रा कामको थालनी भएको दावी गर्दै उनले जितेमा अधुरा योजना पूरा गर्न लागिपर्ने प्रतिबद्धता जनाए ।

    कैलाश गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा भने कांग्रेस र माओवादीको बीचमा तालमेल भएको छ । कांग्रेस नेता लोक मुक्तान अध्यक्ष र माओवादी नेता बालकुमार मल्ल ठकुरी उपाध्यक्षको उम्मेदवार रहेका छन् ।

सम्वन्धित समाचार

काठमाडौ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे बस्नेगरी बोलाइएको एमाले केन्द्रीय का…

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…