• उर्लाबारी २५ बैशाख।
    उर्लाबारीमा एमालेको पक्षमा जनलहर बढेको छ । चुनावी अभियान अन्तर्गत घरदैलो कार्यक्रममा एमालेको पक्षमा बढेको  जनलहरले उर्लाबारीमा एमाले धेरै बलियो देखिएको नेताहरूको भनाइ छ  ।

     
    बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा नेकपा एमाललेको तर्फबाट उर्लाबारी  नगपालिकाको मेयरका प्रत्यासि खरेलले जनताको सेवक भएर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले उर्लाबारीका जनतालाई सिंह होइन शान्ति चाहिएको बताएका छन् ।धप्पेडीका साथ गाउँ  बस्तीमा पुगेका खरेलले सो कुरा बताएका छन् ।

     उनले सुशासनयुक्त छिटो छरितो सेवा प्रवाह पहिलो प्राथमिकतामा रहने विश्वास दिलाउँदै उनी हिंडेका    छन्  । सर्वसाधारण को घर पुगी खानपिन गर्दै उनी मत माग्न ब्यस्त छन् ।
    त्यसैगरी उपमेयरका उम्मेदवार मीना पौडेलले ले  विकास, न्याय र सुशासनका साथै विकास निर्माणमा जोड दिंदै काम गर्ने बताएकी छन्  । 
    खानेपानी, सडक, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै उनले बताएकी छन् ।


    नेकपा एमाले मोरङ जिल्ला कमिटी  सदस्य समेत रहेकी पौडेलले  नगरको स्वाधिनता र आर्थिक समृद्धिका लागि सूर्यध्वजावाहक उम्मेदवारलाई विजय गराउनु पर्ने आवश्यकता रहेको बताएकी छन्  ।

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…