• उर्लाबारी १८ बैशाख 
    यही बैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचन लक्षित नेकपा एमाले उर्लाबारी ८ मा मेयर, उप-मेयर, वडाअध्यक्ष र सदस्य पदका उम्मेदवारहरु गाउँकाे टाेलटाेलमा काेणसभा गरेकाे छ ।


    लिखित आफ्नो एजेन्डा वा प्रतिबद्धता सुनाउदै स्थानीयकाे समस्या र जनगुनासाे बुझ्न नगरवासी समक्ष पुगेका हुन । मेयर पदका उम्मेदवार गंगाप्रसाद खरेल, उपमेयर मिना पाैडेल लगायत वडा नम्बर ८ का वडा अध्यक्ष कुलबहादुर कार्की वडा सदस्यहरु रुद्रप्रसाद लामिछाने, डम्बर बराल, महिला सदस्य चन्द्रा डाँगी र दलित महिला सदस्य कल्पना कामी राेक्क सहितको टिम चुनावी माहाेल बनाउन गाउँकाे टाेलटाेलमा पुगेका छन् । बिहान ७ बजेदेखि वडा नम्बर ८ काे नागेश्वर शिवालय मन्दि, अठियाबारी टाेल, बुढाठाकुर सामुदायिक भवन मेहरी टाेल, बहादुर बाबा स्कुल राधाकृष्ण मन्दिरकाे प्राङ्गण, गङगटे टाेल, बालबिसाैनी टाेल र सिसाैलीकाे खैरेनी टाेल गरि ८ स्थानमा काेणसभा सम्पन्न भएकाे छ । 


    गाउँकाे टाेलटाेलमा भएकाे काेणसभामा उपस्थित वडावासीबाट याे पटक नेकपा एमालेलाई जिताउने प्रतिबद्धता व्यक्त गरेका थिए । साशक हैन सेवक भएर नगर, वडा र वडाबनसीकाे हितमा आफ्नाे कार्यकाल भरी काम गर्ने मेयर पदका उम्मेदवार गंगाप्रसाद खरेलले प्रतिबद्धता व्यक्त गरेका थिए । मेरा अधुरा कामलाई पुरागर्न फेरीपनि उम्मेदवारी दिएकाे बताउदै निति, नियम र कानुनकाे पालना गर्दै वडावासी र वडाकाे विकासमा दत्तचित्त भएलाग्ने र मेयर हाम्रो नभएकाेले काममा असहज भएकाे हाे भन्दै यसपटक मेयर सहित सबैलाई जिताउन वडाबासी संग आग्रह समेत गरे । हाम्रो गाैरवशाली पार्टी नेकपा एमालेलाई हराउन एमालेकै पार्टी वडा अध्यक्ष अग्निप्रसाद लिम्बू र टाेमनाथ गाैतमले वडा नम्बर ८ मा वडा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएकाे जानकारी गराउदै वडावासी भ्रम र लालजमा नफस्न उर्लाबारी नगर इन्चार्ज उमाकान्त गाैतमकाे भनाइ रहेकाे भियाे ।


    भाेट अपिल संगै प्रचारप्रसार अभियानमा केन्द्रीय अनुशासन बिभाग सदस्य लक्ष्मीदेवि भण्डारी, नगर इन्चार्ज तथा जिल्ला सदस्य उमाकान्त गाैतम, निर्वाचन परिचालन नगर संयाेजक तथा प्रदेश कमिटी सदस्य भुपाल जिमि, जिल्ला कमिटी सदस्य पुष्प ढकाल, उर्लाबारी नगर अध्यक्ष गंगा बास्ताेला प्रदेश कमिटी सदस्य डिल्ली आंपगाई र निर्वाचन परिचालन समिति संयाेजक लगायतकाे उपस्थिति रहेकाे थियाे ।


     

सम्वन्धित समाचार

काठमाडौ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे बस्नेगरी बोलाइएको एमाले केन्द्रीय का…

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…