• महोत्तरी, १२ वैशाख 

    महोत्तरीमा राजनीतिक दलहरुले आज साेमबार उम्मेदवारी दर्ताकाे तयारी थालेका छन्  । स्थानीय तहकाे निर्वाचनका लागि आइतबारबाट मनाेनयन सुरु भएकाे थियाे । आइतबार केही उम्मेदवारले मात्र मनोनयन दर्ता गराए ।

    सत्ता गठबन्धनका दल तथा प्रमुख प्रतिपक्षी एमाले आइतबार दिनभर उम्मेदवार टुंग्याउन व्यस्त रहेकामा आज मनाेनयन दर्ता गराउने भएका हुन् ।

    'हिजाे धेरै आएनन, आज मनाेनयन दर्ताकाे चाप बढ्छ हाेला होला,' बर्दिवासस्थित सहायक निर्वाचन अधिकृत सर्मीला तामाङले भनिन् ।

    आइतबार बर्दिबास नगरपालिकामा दुई जनाले मात्र मनोनयन दर्ता गराए । उपमेयर र  वडा अध्यक्षकाका लागि मात्र उम्मेदवारी परेकाे थियाे ।

    जिल्ला निर्वाचन कार्यालयका कार्यालय प्रमुख सुबाेधकुमार महतोका अनुसार आइतबार भंगाहा नगरपालिकामा एक जना, मट्टीहानीमा नाै जना, सम्सीमा १६ जना, लोहारपट्टीमा पाँच जना, रामगोपालपुरमा तीन जना, महोत्तरी गाउँपालिकामा ४२ जना, जलेश्वरमा एक सय तीन जना, सोनामा १८ जना, पिपरामा एक जना, गौशालामा दुई जना, बल्वामा ६० जना र औरहीमा पाँच जनाले मनोनयन दर्ता गराएका छन् ।

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…