• सप्तरी, २० फागुन 

    नेपाली कांग्रेस सप्तरीको नेतृत्व चयनका लागि आज शनिबार मतदान भइरहेको छ । महाधिवेशनमा मतदान गर्न जिल्लाका विभिन्न गाउँपालिका नगरपालिकाबाट मतदाताहरू आउँदै थिए । कतिले त मत खसालि सकेका थिए । कति मत खाल्न लाईनमा बसेका थिए।कति त मत खसाल्न लाईन लाग्ने तरखरमा थिए ।

    नजिक गाउँबाट आएका महिलाहरू भिड कम भएपछि मत खसाल्ने सोचले मतदान स्थल नजिक थकाई मार्दै चुनावको बिषयमा गफ गर्दै थिए।

     रूपनी गाउँपालिकाबाट आएकी ४५ वर्षिया संगिता देवी यादवले भन्दै थिईन्,´अहिले हामीसँग मत माग्न उम्मेदवार मात्र नभएर एक एक कार्यकर्ता हाम्रो पक्षलाई मत दिनु भन्दै दुई हात जोडेर आउँदैछन्। चुनाव सकेपछि कसैले चिन्दैनन्।हामी महिलालाई मत हाल्न  जति भनेपनि हामीले हाल्नु हुँदैन ।'

    जसले समस्या परेको बेला सहयोग गरेको छ,गर्छ उसैलाई मत दिनुपर्ने अनिताको भनाइ थियो ।

    सोही ठाउँबाट आएकी ६० वर्षिया भालसैर रामले अनितालाई समर्थन गर्दै भनिन्,´ बिरामी परेको बेला जसले अस्पताल पुर्याएको छ।आपत विपत परेको बेला उभिएको छ। उसलाई बाहेक यताउता मत गर्ने छैन ।'

    कति उम्मेदवार  उम्मेदवारी दिन र चुनाव लड्न मात्र जिल्ला आउँछन् भोटत लिईसकेपछि कहिलेकाहीँ आफ्नो कामले आउँछन् त्यस्तालाई भोट हाल्न हुँदैन र माग्न आए जवाफ दिनु परछ' भालसैरले भनिन् ।

    अब गाउँका नपढेलेखेका महिलाहरू पनि चुनावको बिषयमा सचेत भईसकेका छन्। उनीहरूले पनि उम्मेदवार पहिचान गर्न थालेका छन् ।

    सप्तरी काँग्रेस सभापतिका उम्मेदवार रामदेव साह र शत्रुधन यादव बिच प्रतिस्पर्धा हुदैछ।

    संस्थापन पक्षबाट यादवको प्यानलमा उपसभापतिमा फतेह मोहम्मद, राम प्रसाद मण्डल, सचिवमा प्रभुनारायण चौधरी, सतन मण्डल, सह सचिबमा धनश्याम साह र मनोज खड्काको उम्मेदवारी परेको छ ।

    यस्तै कोइराला पक्षबाट साहको प्यानलबाट उपसभापतिमा राम कुमार साह, ध्रुव नारायण चौधरी, सचिवमा नन्दकिशोर यादव, दुर्गानन्द यादव, सह सचिवमा रामसुन्दर मण्डल, मोहम्मद मुस्लिमको उम्मेदवारी परेको छ । यसअघि २० गते तोकिएको मतदान तयारीको समय अपुग भएकोले एकदिनपछि निर्वाचन सारेको हो ।

    ५० प्रतिशत मतदान दिउँसो ४ बजेसम्म सकिसकको छ। राति अबेरसम्म मतदान चल्ने छ।मतगणना भोलि हुने निर्वाचन अधिकृतले जानकारी दिएका छन् ।

सम्वन्धित समाचार

काठमाडौ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे बस्नेगरी बोलाइएको एमाले केन्द्रीय का…

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…