• तेह्रथुम, ९ फागुन

    छथर गाउँपालिका नेपाली कांग्रेस कार्यसमितिले जागरण अभियान सुरु गरेको छ । आइतबारबाट गाउँपालिकाको वडा नं ६ सुदापदेखी अभियान सुरु गरेको गाउँपालिका कार्यसमितिका सभापति रामचन्द्र भट्टराईले बताए । 

    गाउँपालिकाको सबै वडामा अभियान सञ्चालन गर्ने तयारी भएको नेपाली कांग्रेस छथरले जनाएको छ । अभियानमा स्थानीय सरकारले गरेका गतिविधि नागरिकसम्म पुर्याउने, स्थानीय सरकारले गरेको अन्याय,अत्याचार, भ्रष्टाचारबारे नागरिकलाई जानकारी गराउने, पार्टीका नेता तथा कार्यकर्ताबीच भेटघाट छलफल, पार्टीको अवधारणा नागरिकसमक्ष प्रस्तुत गर्नेलगायतका कार्यक्रम रहेको सभापति भट्टराईले जानकारी दिए ।

    अभियान आगामी १३ फागुनमा सम्पन्न हुने भएको छ ।

सम्वन्धित समाचार

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…