• जनकपुरधाम, २९ माघ 

    मधेश प्रदेश सरकारले पहिलो पटक जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदाको दिएको छ । 

    फागुन १ गते मनाइने जनयुद्धको अवसरमा मधेश सरकारले आइतबार प्रदेशभरि सार्वजनिक बिदाको घोषणा गरेको आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साहले जानकारी दिए । यसबीच, जनयुद्धको दिवसको अवसरमा प्रदेश सरकारले आइतबार एक भव्य कार्यक्रमबीच माओवादी जनयुद्धमा मधेश प्रदेशबाट सहिद भएका तथा ज्यान गुमाएका परिवारजनलाई राहत स्वरुपा तत्काल १ लाख नगद दिने निर्णयसमेत गरेको छ । 

    आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय अन्तर्गत रहेका मधेशी सहिद प्रतिष्ठानले पहिलो चरणमा जनयुद्धका सहिद तथा ज्यान गुमाएका परिवारलाई १ लाख दिने निर्णय गरिएको मन्त्री साहले बताए । 

    आइतबार प्रदेश सरकारले आयोजना गर्ने कार्यक्रममा सहभागी हुन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जनकपुरधाम आउने कार्यक्रम रहेको छ ।

सम्वन्धित समाचार

काठमाडौ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे बस्नेगरी बोलाइएको एमाले केन्द्रीय का…

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…