• काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा नयाँ विकल्प प्रस्तुत गर्ने प्रयत्नमा कांग्रेस रहेको बताएका छन् । शनिवार गृहजिल्ला तनहुँ पुगेका नेता पौडेलले यस्तो बताएका हुन् । कांग्रेस नयाँ सरकार गठनको कसरतमा रहेको बताएका नेता पौडेलले भने, ‘जनताले भोट हालेपछि त्यसको परिणाम निस्कनुपर्छ । त्यसले उपलब्धि प्राप्त गर्नुपर्छ । केवल जनता भोट मात्रै हालिराख्ने मेसिन हुन् ?’

    शुक्रवार मात्रै कांग्रेसको नेतृत्वमा तीन दलबिच भएको छलफल सकारात्मक दिशामा अगाडि बढेको पनि नेता पौडेलले जानकारी दिए । जनता समाजवादी पार्टी (जसपा) को नेतृत्वमा सरकार बनाउन कांग्रेस तयार छ ? भन्ने प्रश्नमा वरिष्ठ नेता पौडेलले त्यस विषयमा आफूले अहिल्यै नबोल्ने बताए ।

    नयाँ सरकार गठनको कसरतमा अहिले खासगरी कांग्रेस छ । सँगै माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) पनि नयाँ सरकार बनाउने सन्दर्भमा निर्णायक देखिएका छन् । यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकार केही दिनभित्रै बन्ने दाबी गरेका छन् ।

सम्वन्धित समाचार

काठमाडौ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे बस्नेगरी बोलाइएको एमाले केन्द्रीय का…

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…