• झापा, केन्द्रमा नेकपा एमाले जुट वा फुटको अवस्थामा रहेको बेला झापाको मेचीनगर नगरपालिकामा भने नेपाली काग्रेस परित्याग गरि एउटा गाउँ नै नेकपा एमालेमा प्रवेश गरेका छन् ।

    मेचिनगर–३ स्थित समायोजन टोलका ४० बढी नेता तथा कार्यकर्ता नेपाली कांग्रेस परित्याग गरि एमालेमा प्रवेश गरेका नेकपा एमालेका केन्द्रीय सदस्य एवम् झापा जिल्ला अध्यक्ष चिन्तन पाठकले बताए ।

    नेपाली कांग्रेसका क्रियाशील सदस्य समेत रहेका युवा नेता कुमार भट्टराईको नेतृत्वमा शनिबार  एक कार्यक्रमका बिच उनिहरू कांग्रेस परित्याग गरि एमालेमा प्रवेश गरेका हुन् ।

    भट्टराईको नेतृत्वमा गाउँकै पुराना कांग्रेसका कार्यकर्ता पुण्य गौतम, टेकेन्द्र कोईराला, कुमार कार्की, दुर्गा थपलिया, इन्द्र बुडाथोकीलगाएतका ४० बढीले आफ्नो पार्टी परित्याग गर्दै एमालेको औपचारिक कार्यक्रम मार्फत पार्टी प्रवेश गरेका हुन् ।

    कांग्रेसले जनभावना अनुरूप काम नगरेको तथा गाउँलाई सधैं विभेद गरेका कारण आफुहरू एमालेमा प्रवेश गरेको नवप्रवेशीले भट्टराईले बताए । भट्टराईका अनुसार अब गाउँ नै एमालेमय बनेको छ ।

    नवप्रवेशीलाई नेकपा एमालेका केन्द्रीय सदस्य तथा मेचीनगर उपप्रमुख मीना उप्रेती, एमाले प्रदेश सदस्य तथा प्रदेश सभा सदस्यद्वय गोपाल बुढाथोकी र श्रीप्रसाद मैनाली, एमाले प्रदेश सदस्य निलकण्ठ तिवारी, एमाले जिल्ला सदस्य डिल्लीरा घिमिरे, देवकुमार राई, युवासंघ नेपाल केन्द्रीय सदस्य दिपक बराल, एमाले मेचीनगर ४ का अध्यक्ष प्रविण भण्डारीलगायतले अविर र खदा पहिर्याएर स्वागत गरेका थिए ।

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…