• काठमाडौं । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले सर्वोच्च अदालतको गएको फागुन २३ गतेको फैसलातर्फ संकेत गर्दै नेता नेपालले आफूलाई प्रतिगमनकारी केपी शर्मा ओलीकै पार्टीमा जान बाध्य पारिएको बताएका छन् ।

    शनिबार राजधानीमा बृहत् नागरिक आन्दोलनको छलफल कार्यक्रममा उनले भने, ‘‘दुःखका साथ भन्नुपर्छ, अहिलेका हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट जुन प्रतिगमनकारी कदम चालियो, त्यसको विरुद्धमा तपाईंहरु संघर्षको मैदानमा हुनुहुन्थ्यो । आज म अप्ठेरो महसुस गर्दै छु, त्यही पार्टीमा मलाई फेरि सर्वोच्च अदालतले घोक्र्याएर पठाइदिएको छ । सर्वोच्च अदालतले विचित्रको फैसला गरेको छ ।’’

    तर, त्यसबाट आफू नडराउने उनले प्रष्ट पारे । ‘‘हामी पुरानो ठाउँमा फर्किन खोजिरहेका छौँ । तर, विडम्बना ! भन्न पनि कस्तो गाह्रो छ भन्दा, यो पार्टीभित्रको कुरा फेरि डबलीमा आएर भन्यो माधव नेपालले भनेर फेरि अर्को आरोप लाग्ला । त्यसपछि कुन दिन मलाई घोक्र्याएर त्यहाँबाट पनि निकाल्दिने स्थिति बन्ला,’’ , ‘‘त्यस्ता कुराबाट डराउनेवाला माधव नेपाल होइन उनले भने ।’’

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…