• काभ्रेपलाञ्चोक – काभ्रेको कामिडाँडाबाट दुई सय जनाभन्दा बढी एमालेमा प्रवेश गर्नुभएको छ । नेकपा एमाले बेथानचोक गाउँपालिका कमिटी आयोजना गरेको पार्टी प्रवेश, कार्यकर्ता भेला एवं सम्मान कार्यक्रममा नेपाली काग्रेंस र माआवादी केन्द्र छोडेर २०० भन्दा बढि गाँउले एमाले प्रवेश गरेका हुन् ।

    कुनै समय माओवादीको आधार इलाकाकै रुपमा परिचित कामिडाँडाबाट ठुलो संख्यामा विभिन्न दलकाका कार्यकर्ताहरु विद्रोह गरी एमालेमा प्रवेश गरेका हुन. । कार्यक्रममा माओवादी केन्द्रबाट १५० जना र नेपाली काङ्ग्रेसबाट ५० जना एमालेमा प्रवेश गरेका हुन् ।

    नवप्रवेशी कार्याकर्तालाई एमालेका केन्द्रीय नेता तथा काभ्रे इन्चार्ज गोकुल बास्कोटाले स्वागत गर्नुभयो । कुनैसमय कामीडाँडा भन्ने वित्तिकै माओवादीको क्षेत्र भन्ने लागेपनि विस्तारै कामिडाँडा एमालेमय हुँदै गएको छ ।
    कार्यक्रममा एमाले नेता तथा संविधानसभा सदस्य रामहरी सुवेदी, कुमार थापा, विनोद गौतम,रिता ढकाल लगायतको उपस्थिति थियो ।

सम्वन्धित समाचार

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …