• काठमाडौं । प्रमुख विपक्षी कांग्रेसले संसदीय दलको नेता छान्न आउने फागुन २१ गते चुनाव गर्ने भएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बसेको केन्द्रीय कार्यसमिति बैठकले संसदीय दलको नेता छान्न २१ गते चुनाव गर्ने निर्णय गरेको पार्टी केन्द्रीय कार्यालय सचिव कृष्ण पौडेलले जानकारी दिए ।

    बैठकले संसदीय दलको संशोधित विधान अनुमोदन गरेको छ  । यस्तै, दलको नेता छान्नका लागि तीन सदस्यीय निर्वाचन समिति बनाएको छ ।

    निर्वाचन समितिको संयोजनक चिनकाजी श्रेष्ठ छन् । नवीन्द्रराज जोशी र भीष्मराज आङ्दाम्बे निर्वाचन समितिको सदस्य छन् । यो समितिले संसदीय दलको संशोधित विधान अनुसार नेता चयन गर्ने छ ।






सम्वन्धित समाचार

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…