• काठमाडौं, चैत्र १३

    नेकपा एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल पक्षलाई केन्द्रीय सदस्यले समेत साथ दिन छाडेका छन् । आफु पक्षमा ९० जना केन्द्रीय सदस्य रहेको दावी गर्दै आएको सो गुटमा करिव चार दर्जन सदस्यमात्र सहभागी भएका छन् ।

    पार्टी प्यालेसमा आफ्नो गुटको केन्द्रीय कमिटीमा २०५ निर्वाचित केन्द्रीय सदस्यमध्ये ४५ जना उपस्थित भएको नेताहरुले बताएका छन् । तर, सो पार्टी प्यालेसका एक कर्मचारीले बताएअनुसार बैठकमा मुस्किलले ४० देखि ४५ जना रहेको बताए । तयारी ९० देखि १०० जनाको गरेको भएपनि हल पुरै खाली रहेको उनले बताए ।

    नेता नै उपस्थित नभएपछि ११ बजेका लागि भनेर बोलाइएको बैठक १२ बजेपछि मात्रै शुरु भएको थियो । सो गुटका नेताहरुले भने केही सदस्य उपत्यकाबाहिर भएकाले सबै सदस्य सहभागी नभएको दाबी गरेको छ ।

    सो गुट त्यागेर एमालेको संस्थापन पक्षमा आउनु भएका सांसद कृष्णभक्त पोखरेलले पनि सो समुहमा मुस्किलले एमालेका मध्ये १० प्रतिशत नेता कार्यकर्ता भएको बताउनु भएको छ । त्यहा नेताहरुको आकर्षण निक्कै रहेको उहाको भनाई छ । पार्टीको आधिकारीक बैठक बहिष्कार गर्ने तर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भने दिनका दिन गोप्य भेटवार्ता गर्ने गरेपछि सो समुहभित्र विद्रोह उत्पन्न भईसकेको नेताहरुको भनाई छ ।

    ‘एमालेलाई एक ढिक्का बनाउन नेतृत्वसँग छलफल गर्नुपर्नेमा अर्को पार्टीका अध्यक्षसँग निरन्तर छलफल गर्नु शंकास्पद देखिन्छ’, नेपाल गुटमै रहेका एक केन्द्रीय सदस्यले भन्नुभयो, ‘यो त एमाले सकाउने र माओवादी जगाउने काम भयो नि, त्यो त स्विकार गर्न सकिन्न ।’ केन्द्रीय कमिटी बैठकपछि खनाल–नेपाल पक्षले सांसदहरूसँग पनि परामर्श गर्ने भएको छ ।

    नेपाल-खनाल पक्षकाे बैठक सक्यो

    नेकपा एमाले माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको केन्द्रीय कमिटी बैठक सकिएको छ । कलंकीको मेगा पाटी प्यालेसमा अपराह्न १२ बजेबाट सुरु भएको बैठक ४५ जना केन्द्रीय सदस्य उपस्थित रहेको बताइएको छ ।

    बैठकमा नेता नेपाल र सुरेन्द्र पाण्डेले वर्तमान परिस्थितिबारे ब्रिफिङ गरेका थिए । पार्टीले सोधेको स्पष्टीकरणको जवाफ र अध्यक्ष केपी शर्मा ओलीले चाल्न सक्ने आगामी कदमपछिको रणनीतिबारे उनीहरू जानकारी गराएको बताइएको छ ।

    केन्द्रीय कमिटी बैठक सकिएपछि सांसद छलफल सुरु भएको छ । परामर्शपछि बालुवाटारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले बोलाएको संसदीय दलको बैठक जाने र नजानेबारे निर्णय लिने बताइएको छ ।

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…